Reporters Club Nepal

  • Increase font size
  • Default font size
  • Decrease font size
Welcome to Reporters Club Nepal

प्रधानमन्त्रीको राजिनामा विषय सकियो अब त्यसको औचित्य छैनः बैद्य

E-mail Print PDF
June 03 2010
काठमाडौ २० जेठ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले प्रधानमन्त्रीको राजिनामाको विषय सकिएको बताउनु भएको छ । काग्रेस र एमालेले विश्वास घात गरेका कारणले अब राजिनामा आउने संभावना पनि छैन माओवादीले त्यसलाई मुद्दा पनि नबनाउनु बताउनुभयो ।
रिपोर्टस्र क्लब नेपालको विशेष साक्षात्कारमा वोल्दै वरिष्ठ उपाध्यक्ष किरणले राजिनामाको कुरा अब गौण विषय भएको बताउनु भएको हो । उहाँले भन्नु भयो- अब एक वर्ष प्रधानमन्त्री नेपालले नै फेरी शासन चलाए हुन्छ । माओवादीलाई कुनै पिर छैन । राजिनामाको सवाल हाम्रो लागि गौण बनिसक्यो । अर्को पाली संविधानसभाको म्याद एक वर्ष थप्नु परे फेरी विश्वासघात गरेर नयाँ ललिपप फालि दिए भई हाल्छ । हाम्रो पार्टीको अध्यक्ष प्रचण्ड र केपी ओलीको विचमा पाँच दिनभित्र प्रधानमन्त्रीले राजिनामा दिने जेण्डम्यान अन्डर स्ट्याण्डीङ भएको थियो । राजनीतिमा त्यस्तो समझदारी जँहा पनि हुन्छ । काग्रेस र एमालेले राजनीतिमा नैतिकतामा अविश्वास बढाएर धोका दिएका छन् । यसअघि प्रधानमन्त्री को राजिनामाको विषयलाई पहिलो सर्त बनाउँदै एक वर्ष देखि माओवादी आन्दोलमा थियो र जेठ १४ गतेको तीन बुँदे सहमति पनि प्रधानमन्त्रीको पहिलो सर्त नै थियो । राजिनामा दिन गरिएको पाँच दिनको सहमति सकिएकाले तीन बुँदे सहमति को पनि औचित्य सकिएको दावी गर्दै उहाँले अब फेरी शान्ति र संविधान निर्माणमा नयाँ आधारमा नयाँ सहमति गर्नु पर्ने धारणा राख्नु भयो ।
 रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै बैद्यले दलहरुको पछिल्लो ब्यवहार र पार्टीको रणनीतिको विषयमा स्थायी समिति पोलिटब्यूरो र केन्द्रीय समितिमा छलफल गर्दै सचेत भएर निर्णय गर्ने जानकारी दिदै आफूहरु तत्कालै आन्दोलनको पक्षमा नरहेको बताउनु भयो । उहाँको तर्क थियो- सरकार र संसदको मोर्चा एमाले र काग्रेसको भईहाल्यो त्यहाँबाट केही हुने वाला छैन । अब सडकको मोर्चाबाट पनि केही हुने वाला छैन । हामि हेर्दै परिस्थितिको मुल्याङकन गर्दै विभिन्न पक्षसँग छलफल गर्दै अगाडि बढछौ । जेठ १४ गतेको सहमतिको आधार सकिएको दावी गर्दै उहाँले अब नयाँ आधारमा सहमति गरेर अगाडि बढनु पर्ने बेला आएकोमा जोड दिनु भयो । बैद्यले शान्ति र संविधान निर्माणकालागि माओवादीलाई साथ लिएर हिडने कि नहिडने भन्ने कुरा पछिल्लो समयमा महत्वपूर्ण भएको बताउनु भयो । अब माओवादी यीनीहरुको सामू झुक्ने वाला छैन । हामी जस्तो सुकै मुल्य चुकाएर भए पनि धोका दिनेहरुलाई राजनीतिक रुपमा समाप्त पाछौ । काग्रेस र एमालेलॆ विश्वासघात गरेकॊ दावी गर्दै उहाँले भन्नु भयो- सहमति गरेर काग्रेस एमालेले कुरा उल्ट्याएकोले तीनबुँदे सहमतिको अध्याय समाप्त भएको हो । शान्ति र संविधानको पक्षमा आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै उहाँले ति मुल विषयमा सहमति गरेर अगाडि बढनु पर्ने बताउनु भयो । उहाले भन्नु भयो- हामिले भनेका थियौ सेना समायोजनमा हामि प्रतिबद्ध छौ हतरा नगरौ कम्तिमा एक महिना समय लाग्छ तर एमाले काग्रेसले पाँच दिनमा सक्नु पर्छ भनेर सहमतिलाई तोडे । उहाँले दलहरुविच सेनाको समायोजनको मापदण्ड र संख्या तोक्ने विषयमा विवाद रहेको समेत जानकारी दिनु भयो । राष्ट्रिय सहमतिको सरकारकालागि नेतृत्वको विषयमा विकल्प पार्टीले खुल्ला राखेको स्पष्ट पार्दै बाबुराम भट्टराई पनि आफ्नै पार्टीका नेता भएको ले जे पनि संभावना भएको बताएर माओवादी भावी प्रधानमन्त्रीको रुपमा भट्टराईलाई पनि अगाडि सार्न सक्ने अवस्थामा रहेको प्रष्ट्याउनु भयो ।
साक्षात्कारमा बोल्दै एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति विना राजिनामा नदिने ठोकुवा गर्दै प्रधानमन्त्री राजिनामा दिन तम्तयार भएर बसे पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्न पहिला सहमति अनिवार्य रहेको बताउनु भयो । प्रधानमन्त्रीको राजिनामा राष्ट्रिय सहमतिको सरकार निर्माणकोलागि भएकोले त्यसको आधार नबनुन्जेल राजिनामा आउने कुरै नहुँने उहाको तर्क थियो । सहमतिको लागि माओवादी ईमान्दार नभएको आरोप लगाउँदै उहाँले माओवादीले अघिल्लो दिन एउटा र भोली अर्को कुरा गर्नाले सहमति बन्न नसकेको बताउनु भयो । उहाँले भन्नु भयो- माओवादीले लडाकुको विषय टुङग्याउन त्यती साह््रो रुची लिएको छैन । जेठ १६ गते सेनाको संख्या र मापदण्ड बाहेकका सम्पूर्ण विषयमा सहमति गरेर भोली बाँकी विषयमा सहमति गर्ने भन्दै हिडेका प्रचण्ड भोलीको बैठकमा आएनन र रहस्यमय ढंगले माओवादीले पहिला प्रधानमन्त्रीको राजिनामा आउनु पर्छ भनेर अडान राख्यो-अधिकारीले भन्नु भयो । उहाँले अन्य विषयमा छलफल नै गर्न नचाहने र खाली प्रधानमन्त्रीको राजिनामाको कुरा मात्रै गर्दा सहमतिको प्रयासमा अवरोध उत्पन्न भएको बताउनु भयो ।थपिएको संविधानसभाको समय प्राकृतिक समय नभएको स्पष्ट पादै अधिकारीले यो समय आफैले दलहरुले थपेकोले यो समयको सकेसम्मकेा उपयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
 

विवादित प्रहरी अधिकारीको विभुषण फिर्ता

E-mail Print PDF

काठमाडौ १९ जेठ । जनआन्दोलनका दमनकारी भनी आलोचित दुई प्रहरी अधिकारीहरुलाई दिने निर्णय भएको विभुषण सरकारले फिर्ता लिएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले जनस्तरबाट आलोचित भएको भन्दै विभुषण सिफारिस समितिले पुर्नविचार गर्न गरेको आग्रहलाई अनुमोदन गर्दै उनीहरुको विभुषण फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवम सूचना तथा साचारमन्त्री शंकर पोख्रेलले जानकारी दिनु भयो ।

बैठकले अव विभुषण दिद पारदशी ढंगबाट प्रदान गर्न स्पष्ट मापदण्ड तयार गर्नकालागि मन्त्रीपरिषदको सामाजिक समितिमा छलफल गर्ने निर्णय पनि गरेको छ।

Read more...
 

Reporters' Club Nepal ?

E-mail Print PDF

As the very name suggests, Reporters Club Nepal (RCN) is a media hub where journalists converge in every day ever since it was founded by working journalists in the spring of the year 1998. Verily, it has evolved as an institution par excellence. In what indicates at the consistent commitment on the part of journalists associated with it, RCN has over the years evolved as an epicenter of news and views which comes directly from the political and social actors. So much so that no one who is anyone and every one who is at the receiving end gets to speak out to the members of the press.

Last Updated on Monday, 19 April 2010 11:33 Read more...
 

सानादललाइ साथ लिएर एमाओवादीले अन्र्तक्रिया गर्दै

E-mail Print PDF

काठमाडौ,३ जेठ । एकीकृत नेकपा माओवादीले सानादललार्इ साथ लिएर सरकारका विरद्धमा अन्र्तत्रिया गर्दैछ । वर्तमान सरकारबिरुद्ध मोर्चाबन्दी सुरु गरेको एकीकृत माओवादीले साना दश दलसंग आज अन्र्तक्रिया गर्दैछ ।काठमाण्डौको प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा आज दिउँसो माओवादीले दश दलसंगको गठबन्धन र त्यसको उदेश्यका बारेमा धारणा सार्वजनिक गर्न अन्र्तक्रिया गर्न लागेको हो ।

Last Updated on Monday, 17 May 2010 06:10 Read more...
 

Rishi Dhamala with Bijaya Kumar Gacchedar

E-mail Print PDF

Minister for Physical Planning Bijaya Kumar Gacchedar addrressing the face to face at Reporters' Club Nepal. President of the club Rishi Dhamala chairing the program. Photo:RCN

 

 

Last Updated on Monday, 19 April 2010 11:31
 

Advertisement

Featured Links: